प्रेममा धोका, बदलामा हत्या

सल्यान | असोज ५, २०८०

प्रेममा धोका, बदलामा हत्या

सल्यान:  वैदेशिक रोजगारीका लागि दुबई बस्दै आएका कर्ण बहादुर बस्नेतले विदेश हुँदा नै रेवतीको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुल्न आएको छ ।

 

भदौ २५ गतेमात्र दुबईबाट आएका बस्नेतले गत ३० गते  त्रिवेणी गाउँपालिका २ झालेढुंगा थापाटोलकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु थापाको हत्या गरेका थिए ।

 

उनी हत्या गर्ने योजनासहित नेपाल आएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नविन कार्कीले बताए । उनका अनुसार दुबईबाट आएको ५ दिनमै रेवती एक्लै भएको मौका पारी राति करिब १० बजेतिर आगो लगाएर हत्या गरेका थिए । 

 

सल्यान सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २८ वर्षीय कर्ण बहादुर बस्नेतलाई घटना भएको पाँच दिन पछि सिद्ध कुमाख गाउँपाकिला ३ ढोरचौर बजारबाट बुधबार साँझ पक्राउ गरिएको कार्कीले बताए । 

 

यस्तो छ घटनापछाडिको रहस्य

 

प्रहरीका अनुसार हत्या आरोपित बस्नेत र मृतक थापाबीच विगत सात वर्ष अघि सामाजिक सञ्जालमा चिनजान भएको थियो ।
 

सामाजिक सञ्जालमा कुराकानी गर्दै गर्दा माया प्रेम बसेको र विवाह गर्ने निर्णयसम्म पुगेको थिए ।  तर रेवतीले ४ वर्ष अघि गाउँकै अर्को पुरुषसँग विवाह गरे पछि आफूलाई धोका दिएको बस्नेतले महसुस गरे ।

 

प्रेममा धोका पाएको र विगतमा सहमतिमा खिचिएका शारिरीक सम्बन्धका फोटो तथा भिडियोका विषयमा उनीहरुबीच सामाजिक सञ्जालमै झगडा भैरहन्थ्यो । 
 

रेवतीको विवाह भएको दुई वर्ष पछि पुनः सामाजिक सञ्जाल मार्फत कुराकानी हुन थालेको र हत्याका अभियुक्त बस्नेतले रेवतीको श्रीमानलाई विगतमा लिएका अश्लिल फोटो र भिडियो पठाए पछि रेवतीको घरमा झगडा भएको देखिन्छ । 

त्यसपछि पीडक बस्नेतले हत्याको योजना बुनेर नेपाल आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको बताइएको छ ।


 

सिरहा ।   जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा जारी कर्फ्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाइएको छ ।   प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थ...

थप पढ्नुहोस्

काठमाडौँ ।  मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जितेकी छिन् । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् । &nbs...

थप पढ्नुहोस्

पोखरा ।    सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...

थप पढ्नुहोस्